ललितपुर १ मा तत्काल मतगणना नहुने, किन ? 

प्रकाशित मिति : २०७४ मङ्सिर २२ शुक्रबार , ६,४४४ पटक हेरिएको

ललितपुर । ललितपुरका दुई वटा क्षेत्रमा मतगणना भइरहँदा ललितपुर क्षेत्र नम्बर १ मा भने मतगणना तत्काल नहुने भएको छ । 

ललितपुर १ मा विकट क्षेत्र रहेकाले मतपेटिका संकलन गर्न नै ढिलाइ भएको हो । 

शुक्रबार बिहान मतपेटिका संकलन भइसक्ने र सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने जनाइएको छ । 

बिहान ११ बजेसम्ममा मतगणना हुने पनि जनाइएको छ । 
 

सम्बन्धित समाचार

नयाँ