arrow

बैतडीमा एमाले अघिअघि, काँग्रेस पछिपछि, कति मत ?

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
3dal2.jpg

बैतडी । यहाँ मंसिर १० गते सम्पन्न पहिलो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको बैतडीमा मतगणना जारी रहेको छ । 

कुल १३ हजार ५०८ मत गणना हुँदा शुक्रबार बिहान ६ बजेसम्म को मतपरिणामअनुसार एमालेका दामोदर भण्डारीले ६ हजार ९७२ र नेपाली काँग्रेसका नरबहादुर चन्दले पाँच हजार २६९ मत प्राप्त गरेका छन् ।  

प्रदेशसभा क मा नेकाका हरिमोहन भण्डारी चार हजार ७३८ र नेकपा माओवादी केन्द्रका प्रेमप्रकाश भट्टले ६ हजार १४७ मत प्राप्त गरेका छन् । 

यस्तै प्रदेशसभा खमा नेकपा एमालेका लीलाधर भट्टले ६ हजार ४५३ र राप्रपाका गणेश चन्दले चार हजार ८५७ मत प्राप्त गरेका छन् । 

एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ