arrow

दार्चुलामा २७ हजार मत गन्दा ४ हजारले एमाले अगाडि

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
CPN-UML-Flag.jpeg

काठमाडौं । दार्चुलाको पछिल्लो चुनावी मत अपडेट सार्वजनिक भएको छ । जस अन्तर्गत् प्रतिनिधि सभा तर्फ एमालेका उम्मेदवारको अग्रता देखिएको छ । अहिलेसम्म कूल २७ हजार २ सय २० मत गन्दा एमालेका गणेश ठगुन्ना १४ हजार ८ सय ९३ मतका साथ अगाडि छन् भने उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका बिक्रम धामी  १० हजार ८ सय ४ मत ल्याएर दोस्रो स्थानमा छन् । प्रतिनिधि सभा तर्फ कूल १ हजार ७६ मत आएको छ । 

त्यस्तै, प्रदेश सभा क मा कूल ७६ सय ४८ मत गणना हुँदा एमालेका गेल्बु बोहराको ४१ सय ३९ मत आउँदा काँग्रेसका मदन गिरिको ३१ सय २१ मत आएको छ । यहाँ कूल २ सय ४६ मत बदर भएको छ । प्रदेश सभा ख तर्फ कूल ८४ सय ३६ मत गणना हुँदा माओवादीका मान ब।धामीको ४९ सय ३५ मत आएको छ भने काँग्रेसका जगदिश पालको ३५ सय ५१ मत आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ