- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । पाँचथरमा नेपाली काँग्रेसलाई छाडेर एमाले अगाडि लागेको छ । प्रतिनिधि सभातर्फ १५,६०५ मत गन्दा एमालेका उम्मेदवार बसन्तकुमार नेम्वाङ ७४५१ मत सहित अगाडि छन् ।
नेपाली कांग्रेसका उम्मेदवार भिष्मराज आङदेम्वेको ५८०३ मत रहेको छ ।
त्यहाँ बदर मत १२४५ रहेको छ । यो अन्य ठाउँको तुलनामा बढी हो ।
त्यस्तै संघीय समाजवादी फोरमका प्रेमराज लावतीको ३२३ मत रहेको छ ।
संघीय लिम्बुवान मञ्चका सागर केरुङको २७९ तथा नेकपा मालेका दिनानाथ घिमिरेको २४१ मत रहेको छ ।