arrow

ललितपुर ३ मा मदन अघी बढे, पम्फा पछ्याउँदै

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
madan-amatya.jpg

ललितपुर । ललितपुर जिल्ला क्षेत्र नं. ३ को पछिल्ले मत परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले ७ सय २१ मतान्तरले अग्रता लिइरहेका छन् ।

मूख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरबाट सार्वजनिक गरिएको पछिल्लो मत परिणाम अनुसार अमात्यले ६ हजार २ सय ४३ मतले अग्रता लिइरहेका छन् भने उनका निकटतम प्रतिद्वन्दी बाम गठबन्धनकी उम्मेदार पम्फा भुषालले ५ हजार ५ सय २२ मतका साथ पछ्याइरहेकी छिन् ।

ललितपुर क्षेत्र नं २ मा बाम गठबन्धनका उम्मेदवार कृष्णलाल महर्जन निकै अघि छन् भने कांग्रेसका उम्मेदवार चन्द्र महर्जन उनलाई पछ्यारहेका छन् ।

त्यस्तै ललितपुर क्षेत्र नं १ को मत गन्न भर्खरै मात्र सुरु गरिएको छ । त्यस क्षेत्रमा पनि कांग्रेस उम्मेदवार उदय शम्शेर राणा र बाम गठबन्धनका उम्मेदवार नवराज सिलवालका बिच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ