arrow

बागलुङमा मतान्तर बढाउँदै देवेन्द्र पौडेल

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
debendra-paudel.jpg

बागलुङ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ जिल्लाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ ।

पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले नेपाली काँग्रेसका चम्पादेवी खड्कालाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता लिएका छन् ।  पाठकले १४ हजार ९१२ मत प्राप्त गर्नुभएको छ भने खड्काले ९ हजार ८७० मत प्राप्त गरेका छन् ।  

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा पनि वाम गठबन्धनका उम्मदेवार नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले काँग्रेसका नीरज पुनलाई पछि पार्दै शुरुदेखि नै अग्रता लिइरहेका छन् । पौडेलले १० हजार ७४९ मत प्राप्त गरेका छन् भने  पुनले ८ हजार ५५३ मत लिएका छन् । प्रदेशसभातर्फका चारवटै क्षेत्रमा पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ