arrow

काठमाडौं ४ मा राजनको शुरुवाती अग्रता

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
gagan-rajan.png

काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ ।

प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले सुरुआती अग्रता लिएका छन् ।

राजनले १ हजार २ सय ३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गगन थापाले १ हजार ४१ मत ल्याएका छन् ।

विवेकशील साझा पार्टीकी उम्मेदवार सुबुना बस्नेतले ४३ मत ल्याएकी छिन् ।

वुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० को चार्टड मावि मतदान केन्द्रबाट मतगणना भएको बताइएको छ।

सो क्षेत्र एमालेको प्रभाव क्षेत्रको रुपमा हेरिन्छ।

स्थानिय तहको चुनावमा पनि सो वडामा एमाले राम्रो मतान्तरले विजयी भएको थियो।

स्थानिय काँग्रेस कार्यकर्ताहरु भने सो क्षेत्रमा मत अन्तर कम हुनु राम्रो भएको बताउँछन। उनीहरु भन्छन चार्टड माविमा यो मत आउनु अपेक्षित नै थियो। अब अन्य मतदान केन्द्रको मतले अघी बढ्न सहज हुन्छ उनीहरु बताउँछन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ