arrow

कञ्चनपुरमा मतगणना सुरु, महाकाली पारीबाट गणना गरिदै

कुन नेताको भाग्य खुल्छ जनता हेर्न आतुर

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
matgadana2.jpg

कञ्चनपुर । कञ्चनपुमा सम्पन्न भएको दोस्रो चरण अन्र्तरगतको प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको मत गणना सुरु भएको छ ।  कञ्चनपुका तीन ओटा  निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्रको २ स्थानमा  मत गणना भइरहेको छ । दिउँसो १२:३० बजेदेखि मत गणना सुरु गरिएको हो । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख केशव निर्वाचन क्षेत्र नम्बर ३ बाट मत गणना सुरु भएको बताए ।

३ को जिल्ला समन्वय समिति कञ्चनपुरका महाकाली नगरपालिका–७ को लक्ष्मी उमावि र  महाकाली माविका  मतदान केन्द्रबाट मत गणना सुरु गरिएको छ । उनका अनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ को भीमदत्त नगरपालिकाको हल र ३ को जिल्ला समन्वय समिति कञ्चनपुरको हलमा गणना भईरहेको छ । मत गणना स्थलमा तारजाली लगाएर कडा सुरक्षा व्यवस्था गरिएको छ ।

शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले मत गणनाका लागि आचार संहिता बनाएको थियो । आचार संहिता अनुसार मत गणना हुने निर्वाचन कार्यालयले जनाएको छ ।

दोस्रो चरण अन्तरत बिहीबार सम्पन्न भएको मतदानमा कञ्चनपुरमा ६९.३१ प्रतिशत मत खसेको थियो । १ लाख ४ हजार १९ महिला र ७९ हजार ६६९ पुरुष गरि १ लाख, ३ हजार ६६ ले मतदान गरेका थिए । पुरुष भन्दा २० हजार ७५० बढि महिलाले मतदान गरेका थिए, भने ८१ हजार ३०७ मतदाताले मतदान गरेका छैनन् । गत असारमा सम्पन्न भएको स्थानीय तह निर्वाचन भन्दा प्रदेश र प्रतिनिधी सभा निर्वाचन ४ प्रतिशतले कम मत खसेको छ । स्थानीय तह निर्वाचनमा ७३ प्रतिशत मत खसेको थियो ।

निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार जिल्लाको पहिलो सदरमुका बेलौरी नगरपालिकामा ७३ र भीमदत्त नगरपालिकामा ६४ प्रतिशत मत खसेको छ । बेल्डाँडी गाउँपालिका ६६, लालझाँडी गाँउपालिका ६९ महाकाली नगरपालिका ७१, बेदकोट नगरपालिका ६८, पुर्नवास नगरपालिका ७१, शुक्लाफाँटा नगरपालिका ६२ र कृष्णपुर नगरपालिका ७१ प्रतिशत मत खसेको थियो ।

कञ्चनपुरका ३ प्रतिनिधी सभा र ६ प्रदेश सभा सदस्यका लागि ६४ चुनावी मैदानमा उत्रेका थिए । जसमध्ये ९ जना नेताको भाग्यको फैसला गर्ने मतपेटिका खोलिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ