arrow

सिरहा ३ को मतगणना शुरु

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
siraha.png

लहान।  दोस्रो चरणअन्तर्गत हिजो सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना कार्य सिरहामा शुरु भएको छ ।

सदरमुकाम सिरहास्थित चन्द्र माविमा दिउँसो १२:३० बाट क्षेत्र नं ३ को मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए ।

प्रतिनिधिसभाको ४ र प्रदेशसभाको ८ वटा निर्वाचन क्षेत्र रहेको सिरहाको अन्य क्षेत्रको मतगणना पनि केही बेरपछि शुरु गरिने तयारी भएको मुख्य निर्वाचन अधिकृत पाण्डेले बताए ।

बिहान ८ बजेबाट नै मतगणना गर्ने तयारी गरिए पनि दलीय प्रतिनिधि ढिलाइ गरी आएकाले मतगणनामा ढिला भएको मुख्य निर्वाचन अधिकृत पाण्डेले बताए ।

सिरहामा प्रतिनिधिसभा सदस्यतर्फ ६१ जना र प्रदेशसभातर्फ १२३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

सिरहामा पुरुष एक लाख ८४ हजार १०१, महिला एक लाख ६० हजार २६७ र २ जना तेस्रो लिंगीसमेत गरी तीन लाख ४४ हजार ३७० मतदाता रहेका छन् । हिजो सम्पन्न निर्वाचनमा ६५ प्रतिशत मतदाताले मतदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ