arrow

कञ्चनपुर ३ मा शुरुवातबाटै कडा प्रतिस्पर्धा

logo
  ईश्वर दत्त बडू ।
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
Kanchanpur_District.png

कञ्चनपुर । कञ्चनपुरमा जारी मतगणना अनुसार  क्षेत्र नं ३ मा शुरुवातबाटै कडा प्रतिष्पर्धा देखिएको छ। 

महाकाली नगरपालिका - ७ को ५ सय मत गन्दा प्रतिनिधि सभा सदस्यतर्फ नेपाली काँग्रेसले २ सय ३१ मत प्राप्त गरेका छ भने बाम गठबन्धन ले २ सय ३४ मत प्राप्त गरेको छ ।

नेपाली  काँग्रेसका तर्फबाट प्रतिनिसभाका उमेदवार केन्द्रीय सदस्य रमेश लेखक छन् भने बामका तर्फबाट एमालेका दिपक प्रसाद भट्ट उमेद्वार छन् ।

दुवै नेताको कडा प्रतिस्पर्धा हुने देखिएको  छ । तीनवटै  क्षेत्रको प्रदेश सभा सदस्य पदको मतगणना पनि सुरू भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ