arrow

म्याग्दीमा थापा, केसी र पुन विजयी, धुमधामले मनार्इँदै विजयोत्सव 

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
myagdi_ryaly.jpg

काठमाडौं । प्रतिनिधि सभामा १ र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा तीन वटै सिटमा बाम गठबन्धन बिजयी भएको छ । मंसिर १० गते भएको निर्वाचनको आज सम्पन्न मतगणना अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनका उम्मेद्वारहरु बिजयी भएका हुन् । प्रतिनिधि सभामा बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका एमालेका भुपेन्द्रबहादुर थापा बिजयी भएका छन् ।

प्रतिनिधि सभामा खसेको कुल ४७ हजार ४४९ मत मध्ये थापाले २३ हजार ३०८ मत ल्याएर बिजयी भएका हुन् । प्रतिस्पर्धी उम्मेदवार लोकतान्त्रीक गठबन्धनका काँग्रेसका खमबहादुर गर्बुजा ९खम्वीर०ले २० हजार ९८० मत प्राप्त गरेका छन् । थापाले गर्वुजालाई २ हजार ३२८ मतले पराजीत गरेका छन् ।

त्यस्तै, म्याग्दीको प्रदेश सभाको निर्वाचन क्षेत्र क र ख दुबैमा बाम गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । निर्वाचन क्षेत्र क मा माओवादी केन्द्रका विनोद केसी निर्वाचीत भएका छन् । प्रदेश सभामा खसेको कुल २७ हजार ६७५ मत मध्ये केसीले १४ हजार ७०४ ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका भिमप्रसाद गौचनले १२ हजार १७५ मत ल्याएका छन् ।

बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका ३३ बर्षिय केसीले ७७ वर्षका गौचनलाई २ हजार ५२९ मत अन्तरले विजयी भएका छन् । यसैबीच, म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ख मा एमालेकी नरदेवी पुन बिजयी भएका छन् । मंसिर १० गते भएको निर्वाचनमा खुल खसेको १९ हजार ७७४ मत मध्ये पुनले १० हजार ८६८ मत ल्याएर बिजयी भएकी हुन् ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका अमलाल फगामीलाई २ हजार ८७८ मत अन्तरले पराजीत गर्नुभएको छ । फगामीले ७ हजार ९९० मत प्राप्त गरेका छन् । बिजयी उम्मेद्वारहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको छ । बेनीमा बाम गठबन्धनका कार्यकर्ताले बिजयी उत्सब मनाउने तयारी गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ