arrow

प्रधानमन्त्री देउवाको गृह जिल्लामा मतगणनाको चाँजोपाँजो हुँदै

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
dadeldhura.png

काठमाडौं । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मतगणनाको तयारी हुँदैछ ।

डडेल्धुराका ११७ वटै मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् ।

मतपेटिका बुझ्नेकाम सकिएपछि सर्वदलीय बैठक बसेर ६ बजेसम्ममा गणना थाल्ने डडेल्धुराका मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद रिजालले हाम्राकुरालाई जानकारी दिए । रिजालले भने, ‘सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुन्छ । चाँडै परिणाम आउने गरी गणनाको तयारी गरेका छौँ ।’

डडेल्धुरामा प्रतिनिधिसभातर्फ काँग्रेसबाट प्रधानमन्त्री देउवा र वाम गठबन्धनबाट माओवादीका खगराज भट्ट चुनावी मैदानमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ