arrow

बुथ कब्जाको निहुँमा स्याङ्जामा तनाव, कर्फ्यू आदेश   

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
syanja_district_map.png

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत् दोस्रो चरणमा भएको निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ मा काँग्रेस र एमालेबीचको विवादका कारण मतगणना हुन सकेन । प्रतिनिधि सभा सदस्य निर्वाचनमा काँग्रेस र एमालेले एक अर्काले धाँदली गरेको आरोप सहित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएपछि विवाद बढ्दै जाँदा मतगणना सुरु हुन नसकेको हो । 

सो क्षेत्रका निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठले काँग्रेस र एमालेले एक अर्काले बुथ क्याप्चर गरेको आरोप सहित दायर भएको मुद्दा निर्वाचन आयोगमा पठाईएको भन्दै अब निर्वाचन आयोगले गरेको फैसलालाई नै अन्तिम मानेर अघि बढ्ने बताए । 

त्यहाँ दुबै पार्टीका कार्यालयलाई प्रहरीले लाठी चार्ज गरेर तितरवितर पारेको थियो । निर्वाचन अधिकृत माथि समेत हातपात गर्ने प्रयास भएपछि लाठी चार्ज गरेको छ । साथै त्यसले पनि स्थिती सामान्य नबनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ