arrow

स‌ंखुवासभामा राजेन्द्रको पछि पछि दिपक, मतान्तर घटाउने प्रयास 

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
sankhuwasabha.png

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको संखुवासभाको प्रारम्भिक मतपरिणाम आउने क्रम जारी छ । पहिलो चरणमा भएको निर्वाचनको अहिलेसम्मको नतिजा अनुसार नेकपा एमालेले अग्रता हासिल गरेको छ । एमालेका उम्मेदवारले प्रतिनिधि सभा तर्फ ३८ सय ८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवारले ३५ सय ५८ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर २ सय ५० रहेको छ । 

त्यस्तै, प्रदेश सभा क तर्फ माओवादी केन्द्रका उम्मेदवारको ४८ सय ७० मत आउँदा नेपाली काँग्रेसका उम्मदेवारको ३७ सय १४ मत आएको छ । उनीहरुबीचको मतान्तर ११ सय ५६ रहेको छ भने प्रदेश सभा तर्फको खमा नेकपा नेकपा एमालेका ३२ सय ३६ मत आएको छ । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवारको ३२ सय ११ मत ल्याएका छन् । उनीहरुबीचको मत अन्तर २५ रहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ