arrow

जनार्दनले पाए दुई तिहाई मत, तेस्रो पटक संसद्मा 

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
janardan_sharma1.JPG

काठमाडौ‌ं । नेकमा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माले प्रदेश नं ६ मा पर्ने रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजय हाँसिल गरेका छन् । शुक्रबार अबेर आएको निर्वाचन मतपरिणामसँगै शर्मा तेस्रो पटक संघीय संसद्को सांसद् बन्ने भएका छन् । 

शर्माले २०६४ साल र २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा रुकुमबाट नै विजयी भएका थिए । शर्माले यसपालीको चुनावमा कूल सदरमतको झण्डै दुई तिहाई अर्थात् ६६ दशमलव २२ प्रतिशत मत पाएका छन् । जनार्दनले २०६४ सालमा ६३ प्रतिशत मत ल्याएर चुनाव जितेका थिए भने २०७० सालको चुनावमा ४७ प्रतिशत मत ल्याएका थिए । 

उर्जामन्त्री हुँदा गरेको राम्रो कामका कारण चर्चामा रहेका उनकै पालामा काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य गराएका थिए । बाम गठबन्धन जोडाउनमा समेत महत्वपूर्ण भूमिका खेलेको बताईने जनार्दनको तेस्रो संसद् यात्रामा कति प्रशंसनीय काम गर्छन् त्यो भने हेर्न बाँकी नै छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ