arrow

गगन थापाको अग्रता झन् फराकिलो, करिब २५ सय मतले अगाडि

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
gagan-rajan.png

काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले अग्रता फराकिलो बनाउँदै लगेका छन्। थापाले भट्ट्राईसँगको भिन्नता करिब २५सय मतको रहेको छ। 

निकटतम प्रतिष्पर्धीसँग शुरुवातमा पछाडी परेपनि पछि लय सम्हालेका गगनले २० हजार २ सय ८५ मत प्राप्त गरि अगाडी बढेका छन्।

थापाका निकटतम् प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १७ हजार ७ सय २५ मत प्राप्त गरेका छन् ।

वुढानिलकण्ठ नगरपालिकाको मतगणना सकेर काठमाडौं महानगरपालिकामा मतगणना प्रवेश गरेसँगै थापाको अग्रता फराकिलो भएको हो। 

विवेकशील साझाकी सुबुना बस्नेतले १ हजार ७ सय ३ मत प्राप्त गरेकी छिन्। 

महानगरपालिकाका ४ वडा मध्ये वडा नम्वर ७ , ८ र ३० को मतगणना सकिएको छ। अब   १ को मतगणना गन्न बाँकी रहेको बताइएको छ। 

काठमाडौं ४को यो चुनावलाई धेरैले महत्वका साथ हेरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ