arrow

बागलुङ जिल्ला बाम किल्ला !

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
baglung_district.png

बागलुङ ।  प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ जिल्लाका छ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले नेपाली काँग्रेसका चम्पादेवी खड्कालाई पराजित गरेका छन् । पाठकले ३३ हजार ६४५ र उनका निकटतम प्रतिद्वन्द्वी खड्काले २० हजार ६१६ मत प्राप्त गरेकी छिन्। 

यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले काँग्रेसका नीरज पुनलाई पराजित गरेका छन् । पौडेलले २८ हजार ८२७ र पुनले १९ हजार ९०५ मत लिएका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (क) मा पनि एमालेका इन्द्रलाल सापकोटाले जित हाँसिल गरेका छन्। एमालेका जिल्ला अध्यक्ष सापकोटाले काँग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापालाई पराजित गरेकी हुन्। 

सापकोटाले १७ हजार ९१५ र काँग्रेसका थापाले ११ हजार ९८९ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेशसभा २ मा वाम गठबन्धनबाट चुनाव लडेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पूर्वसांसद काँग्रेसका प्रकाश शर्मा पौडेललाई पराजित गरेका छन् । थापाले १५ हजार ६३६ र पौडेलले नौ हजार ९४ मत प्राप्त गरेका छन् । यस्तै प्रतिनिधिसभा २, प्रदेशसभा (क) मा पनि माओवादी केन्द्रका चन्द्र बुढाले काँग्रेसका मञ्जेशबम मल्ललाई पराजित गरेका छन्। बुढाले १७ हजार ४१५ र मल्लले ११ हजार ५४६ मत पाएका छन् । 

प्रदेशसभा (ख) मा पनि वाम उम्मेदवार राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका छन् । घर्तीले ११ हजार ८८४ र उनका निकटतम प्रत्याशी काँग्रेसका जीत शेरचनले आठ हजार ६२४ मत प्राप्त गरेका छन् । जिल्लामा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी मैदानमा थिए भने काँग्रेसले एक्लै चुनाव लडेको थियो । विसं २०७० को चुनावमा जिल्लाका तीन वटै निर्वाचन क्षेत्र जितेको काँग्रेसले यस पालि आफ्नो विरासत जोगाउन सकेन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ