arrow

काठमाडौँ ५ मा नक्कली मतपत्र भेटिएपछि फेरि विवाद

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
Kathmandu_District.png

काठमाडौँ। काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ५ मा त्यहाँका मतदान अधिकृतले हस्ताक्षर गरेको नभई फरक खालको मतपत्र भेटिएपछि फेरि विवाद उत्पन्न भएको छ । हिजो पनि एउटा बुथमा मुचुल्का भन्दा बढी मत भेटिएपछि हिजो रातभर रोकिएको मतगणनामा फेरि विवाद उत्पन्न भएको छ।  

बिहान पुन: सुरु भएको मतगणना पछि पुन यस्तो विवादास्पद खालको मतपत्र भेटिएको छ । ती मतपत्रमा कस्ले हस्ताक्षर गरेको हो भनी त्यहाँ खटिएका मतदान अधिकृत र अन्य कर्मचारीको हस्तक्षर भिडाएर हेर्दा त्यो कसैसँग नमिलेपछि मत गणनामा बसेका काँग्रेसका उमेदबार डा प्रकाशशरण महतका एजेन्टले विरोध गरेका थिए । 

तर, सो विरोधपछि भने मतदान अधिकृतले कुनै सुनुवाई नगगरेका र उल्टै प्रहरी लगाएर बाहिर निकालिदिएका एजेण्ट उत्तम पाठकले जानकारी दिए । उनले भने, अहिले भित्र काँग्रेसको उम्मेदबारको एजेन्ट कोही छैन, हामीलाई प्रहरी लगाएर बाहिर निकालेर मत गणना गरिएको छ । 

हरेक बुथमा कतै मुचुल्का भन्दा बढी नै मतपत्रहरु भेटिने त कतै यस्ता मतदान अधिकृतिले हस्ताक्षर नै नगरेका बेवारिसे मतपत्रहरु भेटिने गर्दा पनि आफूहरुले बारम्बार कुरा उठाउदा कुनै सुनुवाई नभएको र उल्टै प्रहरी लगाएर आफूहरुलाई बाहिर निकालेर एकलौटी रुपमा मत गनिरहेको भन्दै पाठक र काँग्रेसका एजेन्ट तथा शुभचिन्तकहरुले व्यापक विरोध र गुनासो गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ