arrow

तेस्रो पटक संसद् जाँदै गरेका वसन्त नेम्बाङ को हुन् ?

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७४ मंसिर २३ शनिबार
Basanta_Nemnang_Biajaya_(25).JPG

पाँचथर । प्रतिनिधि सभा तर्फ पाँचथरबाट वामगठबन्धनको तर्फबाट नेकपा एमालेका उम्मेदवार वसन्तकुमार नेम्बाङ विजयी भएका छन् । लोकतान्त्रिक गठबन्धनवाट प्रतिश्पर्धी नेपाली काँग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेलाई १० हजार ६ सय १६ मतको फराकिलो अन्तरले हराउँदै विजय प्राप्त गरेका हुन् । प्रतिनिधि सभाको लागि एक निर्बाचन क्षेत्र रहेको पाँचथरमा निकै ख्याती कमाएका वसन्तकुमार नेम्बाङको लागि यो तेश्रो जीत हो । 

वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका वसन्तकुमार नेम्बाङले ३८ हजार ६ सय ४१ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो । उनको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेले २८ हजार २५ मत प्राप्त गरेका हुन् । सङ्घीय संसद प्रतिनिधि सभा सदस्यमा विजयी भएका नेम्बाङलाई मुख्य निर्बाचन अधिकृत मनोजकुमार केसीले प्रमाणपत्रसहित सपथ गराएका हुन् ।

फिदिम नगरपालिका–१ फिदिमबजारमा २०१८ साल चैत ८ गते जन्मिएका नेम्बाङ २०४८ र २०५६ सालको आमनिर्बाचनमा सांसद जितेका छन् । उनी २०५१ को मध्यावधि निर्वाचनमा नेपाली काँग्रेसका दिपक प्रकाश वास्कोटासित पराजित भए । सांसद हुँदा ऊर्जा विकास समितिको सदस्य भई अनुभव हाँसिल गरेका नेम्बाङ एमाले केन्द्रीय ऊर्जा विभाग सचिव छन् । ऊर्जा व्यावसायी समेत रहेका नेम्बाङले बिके हाइड्रोपावर कम्पनीमार्फत पाँचथरको फेमेखोलावाट एक मेगावाट क्षमताको जलविद्युत आयोजना, उनको लगानी रहेको पाँचथर पावर कम्पनीद्वारा हेवाखोलाबाट १५ मेगावाट क्षमताको हेवाखोला ए जलविद्युत आयोजनाको अन्तिमचरणको निर्माण कार्य भइरहेको छ ।

अर्को माउन्टेन हाइड्रोनेपाल प्रालिद्वारा निर्माणाधिन २१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना लगायत ऊर्जा उत्पादन क्षेत्रमा लगानी गरेका थिए । युवावस्थादेखि नै कम्यूनिष्ट राजनीतिमा सक्रिय नेम्बाङ कानुनमा स्नातक अध्ययन गरेका छन् । पाँचथर सदरमुकाम फिदिमबजारस्थित देवीप्रसाद नेम्बाङ र विष्णुमाया तुम्बाहाम्फेको कोखबाट जन्मिएका उनी १८ बर्षको उमेरदेखि राजनीतिमा होमिएका थिए ।

२०३६ सालमा नेपाल कम्यूनिष्ट पार्टी मालेको प्रारम्भिक कमिटि सदस्य भएपछि चार दशक लामो राजनीतिक यात्रामा जिल्ला कमिटि सदस्य, प्र.रा.यु संघको केन्द्रिय कोषाध्यक्ष, उपाध्यक्ष, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य जस्ता सांगठानिक जिम्मेवारीहरु निर्वाह गरिसकेका छन् । २०७२ ०७३ मा तत्कालिन प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रशासनिक सल्लाहकारका रुपमा समेत कार्य गर्ने मौका पाए । उनी २०४८ साल र २०५६ सालमा पाँचथरबाट निर्वाचित सांसदमा समेत भएका थिए । कानुनमा वि.एल अध्ययन सकेका नेम्बाङले आफ्नो चार दशक लामो राजनीतिक जीवनमा थुप्रै आरोहअवरोह पार गरिसकेका छन् । पञ्चायतदेखि निरंकुश राजतन्त्रको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने आन्दोलनको हरेक मोर्चामा अग्रणी भुमीका निर्बाह गरेका थिए । पाँचथरको कुल मतदाता एक लाख २५ हजार दुई सय १९ जनामध्ये ७७ हजार ८ सय ३ जनाले मतदान गरेका थिए ।

आफ्नो जीवनको उर्वर समय पाँचथरको विकास र सेवामा सर्मर्पित छ । नेम्बाङ साँसद हुँदा र नहुदाँ उहाँका नेतृत्वमा पाँचथरमा थूप्पै विकास निर्माणका कामहरु भएका छन् । खास गरि जलविद्युत विकासमा महत्वपूर्ण योगदान रहेको छ । पुर्वमा सम्पन्न थूप्पै्र ठूला जलविद्युत उनको नेतृत्वमा बनेका हुन । ७६२ मेगावाटको तमोर जलासाययुक्त परियोजना लगायत देशका थुप्प्रै मेगावाटका आयोजनामा नेम्बाङको योगदान रहेको छ । यस्तै आपूmलाई पहिचानवादी दलको रुपमा स्थापित गरेका संघिय समाजवादी फोरमले तेस्रो स्थान हाँसिल गर्न सफल भएको छ । समाजवादीका उम्मेद्धवार प्रेमराज लावतीले १ हजार ९ सय ९४ मत प्राप्त गरे ।
 
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बूवानका सागर केरुङले १ हजार ५ सय ९३ मत, राष्ट्रिय जनमुक्ति पार्टीका भगिरथ लिम्बूले ४ सय १८ मत प्राप्त गरेका छन् । यसवाहेक नेकपा मालेका दिनानाथ घिमिरेले ८ सय ९०, नयाशक्ति पार्टीका दिलबहादुर लावतीले १ सय ३२, राप्रपा राष्ट्रवादीका शान्तिमाया शिगू लिम्बूले २ सय ९५ र मंगोल नेस्नल अर्गनाइजेसनका टोमराज थाम्सुहाङले १ सय ९४ मत पाएका छन् ।

स्थानीय तह निर्बाचनमा एक लाख १६ हजार ६ सय ६१ मतदाता थियो भने आसन्न संसदीय निर्वाचनका लागि ८ हजार ५ सय ५८ मतदाता थपिएपछि एक लाख २५ हजार २ सय १९ मतदाता छन् । जसमध्ये ७७ हजार ९ सय १३ मत खसेको थियो । यसमध्ये ५ हजार ७ सय ३४ मत बदर भएको थियो । अब प्रदेश सभाको मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ ।      
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ