arrow

प्रतिनिधि सभातर्फ मोदीले जिते चुनाव 

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
Amanlal-Modi-415x315.jpg

विराटनगर । मोरङ क्षेत्र नं–४ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का अमनलाल मोदी विजयी भएका छन्। मोदीले ३३ हजार ५२९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेश आचार्यले २६ हजार ८०० मत प्राप्त गरेका छन् ।  

अहिलेसम्म मोरङको चारवटा निर्वाचन क्षेत्रको परिणाम घोषणा भइसकेको छ । चारवटैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अब, दुईवटा क्षेत्रको घोषणा हुन बाँकी छ । यसैगरी, मोरङ क्षेत्र नं २ मा नेपाली काँग्रेसका डा मीनेन्द्र रिजालले ३५ हजार मत ल्याएर चुनाव जितिसकेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा९एमाले०का ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गरेका छन् । 

यस्तै, मोरङ क्षेत्र नं– ५मा नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार शिवकुमार मण्डलले १८ हजार ९८४ मत प्राप्त गरी अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अमृत अर्यालले १६ हजार १७५ मत प्राप्त गरेका छन् । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ