arrow

कोइराला र त्रिपाठीको अग्रता

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
nawalparasi_map_new.png

नवलपरासी । प्रतिनिधिसभा सदस्यको नवलपरासी (बर्दघाट सुस्ता) पूर्व १ मा नेपाली काँग्रेसका उम्मेदवार डा शशांक कोइराला ६ हजार ७५८ मतका साथ अग्रस्थानमा छन्। यहाँ वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का भविश्वर पराजुलीले तीन हजार ७७३ मत प्राप्त गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता) पूर्व २ मा नेपाली काँग्रेसका उम्मेदवार विष्णु कार्कीले तीन हजार ९९४ मत प्राप्त गरी अग्रस्थानमा छन्। 

यहाँ वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले)का तिलक महतले तीन हजार ५०३ मत प्राप्त गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम १ मा वाम गठबन्धनका उम्मेदवार हृदयेश त्रिपाठी आठ हजार १२८ मतका साथ अग्रस्थानमा छन्। 

यहाँ नेपाली काँग्रेसका देवकरण कलवारले सात हजार ३४२ मत प्राप्त गरेका छन् । यसैगरी नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम २ मा नेपाली काँग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले पाँच हजार २१६ मतका साथ अग्रस्थानमा छन्। यहाँ वाम गठबन्धनका उम्मेदवार धनश्याम यादवले तीन हजार ५४८ मत प्राप्त गरेका छन् । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ