arrow

दोलखामा गुरुङको शानदार जीत

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार

काठमाडौँ । दोलखामा प्रतिनिधिसभाका सदस्य वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङले ५५ हजार ९५४ मत प्राप्त गरी विजयी भएका छन् । गुरुङका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार रुद्रबहादुर खडकाले २५ हजार ८०१ मत प्राप्त गरेका छन् । गुरुङले खड्का भन्दा ३० हजार १५३ मत बढी ल्याएर विजयी भएका छन् दोलखाका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिए। 

उनकाअनुसार प्रदेशसभा (क) मा वाम गठबन्धनका उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का नेता विशाल खड्काले २८ हजार ३५० मत प्राप्त गरी विजयी भएका छन्। काँग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत प्राप्त गरेका छन् । प्रदेशसभा (ख) मा वाम गठबन्धनका उम्मेदवार तथा एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागार्इंले २३ हजार ३८ मत प्राप्त गरी विजयी भएका छन्, भने काँग्रेसका केशव चौलागार्इंले १० हजार ८८० र मालेका लालकुमार केसीले तीन हजार ४१५ मत प्राप्त गरेका छन् । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ