arrow

विवेकशीलले समानुपातिकमा खाता खोल्यो 

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
bibeksheel-sajha-party.png

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तर्फ समानुपातिक निर्वाचनको मत गणना सुरु भएको छ । बिहीबार दोस्रो चरणको पनर्वाचन सम्पन्न भईसकेपछि आयोगले दुबै चरणको संयुक्त रुपमा मतगणना सुरु गरेको हो । 

आयोगले सार्वजनिक गरेको पहिलो मत परिणाम अनुसार नेपाली काँग्रेसले सुरुवाती अग्रता हाँसिल गरेको छ । पछिल्लो प्राप्त विवरण अनुसार नेपाली काँग्रेसको ६ हजार ४ सय १९ मत आएको छ । समानुपातिक तर्फ दोस्रो स्थानमा एमाले छ भने तेस्रो स्थानमा माओवादी रहेको छ । 

शनिबार दिउँसो १ बजेसम्मको मतगणना अनुसार कांग्रेसले ६४ सय १९, एमालेले ६४०९ र माओवादी केन्द्रले २४३४ मत पाएको छ । यसमा राप्रपाको भने लज्जास्पद मत आएको छ । राप्रपाको अहिलेसम्म कूल २० मत आएको छ भने राप्रपा प्रजातान्त्रिकको १९ मत आएको छ । विवेकशील साझा पार्टीको भने जम्मा एक मत आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ