arrow

जन्मभूमिबाट १० हजार मत अन्तरले विजयी भए उपेन्द्र

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
upendra_yadv.jpg

सप्तरी । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । अध्यक्ष यादव सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनले वाम गठबन्धनका उम्मेदवार (माओवादी केन्द्र)का उमेश यादवलाई १० हजार ४१ मत अन्तरले हराए । उपेन्द्र यादवले यादवले २१ हजार ६ सय २० मत ल्याउँदा उमेश यादवले ११ हजार ५ सय ७९ मत ल्याए ।

यस्तै स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४ सय ५९ मत ल्याए । २०७० को संविधानसभा सदस्य निर्वाचनमा उपेन्द्रयादव सुनसरी ५ बाट विजयी भएका थिए । सप्तरी उनको आफ्नै जन्मभूमि हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ