arrow

बाजुरा काँग्रेसले भन्यो, 'एमालेले धाँधली गरेर चुनाव जित्यो'

logo
रमित बि.क.
प्रकाशित २०७४ मंसिर २३ शनिबार
congress-flag.jpg

बाजुरा । निर्वाचनको मत परिणाम आईसकेपछि नेपाली काँग्रेस बाजुराले विज्ञप्ती जारी गर्दै मतदाताहरुलाई धन्यवाद दिएको छ । शनिबार नेपाली काँग्रेस बाजुराले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा भोट हाल्ने सम्पूर्ण बाजुराबासी तथा आममतदाताहरुलाई धन्यवाद दिएको हो । 

भर्खरै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमाले सहितको बामगठबन्धनले जिल्लाका बिभिन्न मतदान केन्द्रहरुमा गरेको बुथ कब्जा, मतदानमा वास्तविक मतदाताबाट मतदान नगराई फर्जी मतदाताद्धारा मतदान गराई भएको मतदानले नेपाली काँग्रेस बाजुरा केही मतको फरकले पराजय भएको पनि काँग्रेसले आरोप लगाएको छ । 

काँग्रेसले वास्तविकता बाजुरेली जनता मतदाता दाजुभाइ तथा दिदीबहिनीहरुबाट पराजय नभएको काँग्रेस सभापति एवं प्रतिनिधि सभा सदस्यका उम्मेदवार कविराज पण्डितद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार तथा नेताहरु अनपेक्षित निर्वाचन परिणाममा कति पनि बिचलित नभएको र काँग्रेसको पक्षमा आएको स्वच्छ अभिमतबाट जनताको सेवा र विकासमा सदा लागि रहने विश्वास दिलाउँदै प्रतिबद्धता समेत जाहेर गरिएको छ । 

साथै, अनपेक्षित परिणामबाट काँग्रेस आस्थावान सबै लोकतन्त्रप्रेमी दाजुभाई दिदीबहिनी कत्तिपनि बिचलित र निरास नभई लोकतन्त्रको पक्षमा सदा कटिबद्द भएर लाग्ने बिज्ञप्ति मार्फत आव्हान गरिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ