arrow

प्रहरीको फरार सूचीमा रहेका चौधरीले लिए कैलालीमा अग्रता 

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
resham-chaudhari.jpg

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिएका राजपाका रेशमलाल चौधरीले वाम र नेपाली काँग्रेसका उम्मेदवारलाई चकित पार्दै ठूलो मतान्तरले अग्रता लिइरहेका छन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका चौधरीले पाँच हजार ४१५ मत प्राप्त गर्दा एमालेकी गरिमा शाहले एक हजार तीन हजार ५९ र काँग्रेसकी ईश्वरी न्यौपानेले ९२१ मत पाएका छन् । चौधरी दुई वर्षअघि भएको टीकापुर घटनाको आरोपमा प्रहरीको फरार सूचीमा रहेका छन् । 

उनले आफ्ना समर्थकमार्फत सामाजिक सञ्जाल र भिडियो क्लिपमार्फत चुनावी प्रचार गरेका थिए । यो क्षेत्रको प्रदेशसभा (क) र (ख) मा भने नेपाली काँग्रेसका प्रत्यासीले प्रारम्भिक मतगणनामा अग्रता लिइरहेका छन्। यता काँग्रेस नेत्री डा आरजु राणा देउवा उम्मेदवार रहेको कैलाली निर्वाचन क्षेत्र नं ५ को जारी मतगणनामा (एमाले)का उम्मेदवारले आफ्नो अग्रता कायम राखेका छन् । 

साँझसम्म रानाले १३ हजार ८४१ मत पाउँदा काँग्रेसका डा आरजु राणा देउवाले १२ हजार ५९८ मतसहित रानालाई पछ्याइरहेकी छिन् । यो क्षेत्रमा खसेको कूल मतको आज साँझसम्म ५० प्रतिशत मतगणना भइसकेको छ । झण्डै ३० हजार मतको गणना गर्न अझै बाँकी रहेको छ । यो निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा वाम गठबन्धनका नेपालु चौधरी र प्रदेशसभा (ख) मा काँग्रेसका डिल्लीराज पन्त अगाडि रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ