arrow

रामहरीको मत कम आउँदा गुरुङ भए मुर्छित, काठमाडौंमा उपचार हुँदै

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
mr.-ramhari-khatiwada.jpeg

काठमाडौं। प्रतिनिधि सभामा ओखलढुङगाबाट नेपाली काँग्रेसका तर्फबाट प्रत्यासी भएका रामहरी खतिवडाको जीतका लागि चाहिने मत नपाउँदा उनले मात्र पराजय अनुभव गर्नु परेन पार्टीले पनि गर्‍यो। पार्टीको हारमा आफ्नो हार ठान्नेहरुले यस्ता घटनालाई सामान्य रुपमा लिन नसक्ने उदाहरण ओखलढुङगामा भएको छ। 

ओखलढुङगाको मतगणना चलिरहँदा काँग्रेस उमेद्वार रामहरी खतिवडाले अग्रता लिने अनुमान गरिएको थियो। तर अनुमान सहि भएन। सबै अनुमान सहि सावित नभएझै यो अनुमान पनि सहि भएन। 

खतिवडा कम्युनिष्ठ गठवन्धनका उमेद्वारसँग पराजति हुने निश्चित भयो। लोकतन्त्रमा हार र जीतलाई ठूलो रुपमा लिनुहुन्न। यसलाई स्वभाविक प्रक्रियाको रुपमा लिनुपर्छ भन्ने आदर्श बोकेका काँग्रेसका नेता कार्यकर्ताले यसलाई स्वभाविक रुपमा लिनुपर्ने थियो। हुनुपर्ने पनि यस्तै हो। 

ओखलढुङगामा भने केहि फरक दृश्य देखियो। चुनावमा पराजित हुने आभास पाइसकेका खतिवडालाई अरुले राजनीतिक जोडघटाउ सम्झाइरहेका थिए। आफूलाई मनमनै सम्झाउँदै आफूलाई सान्त्वना पनि दिइरहेका थिए। 

तर रुम्जाटारका बाबु गुरुङ भने पार्टी र पार्टीका उमेद्वार पराजयको नजिक पुगिरहँदा त्यसलाई सहन नसकि मुर्छित भएको खबर आएको हो। 

चुनावका जानकारीरहरु सुन्ने क्रममा एक्कासी रिंगटा लागेर ढलेका गुरुङको ओखलढुङगामा उपचार सम्भव नभएपछि तत्काल काठमाडौं पठाइयो। काठमाडौं मेडिसिटीमा राखेर गुरुङको उपचार भइरहेको सांसद प्रत्यासी खतिवडाले जनाए। यद्यपी उनको अवस्था गम्भिर रहेको पारिवारिक स्रोतले बनाएको छ।

स्थानियहरुको अपार माया पाउँदा पाउँदै दुई कम्युनिष्ट घटक मिल्दा आफ्नो लागि प्रतिनिधि सभामा जाने मत नपुगेपनि मन भने ओखलढुंगाका जनताको जीतेको दावी खतिवडाले गरेका छन्। आफू सदा जिल्लाको विकास निर्माणमा खटिने पनि उनले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ