arrow

कैलाली २ मा आफ्नै स्वकीय सचिवले पछि पारे राठौरलार्इ

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
Mohan-Sing-Rathaur.jpg

काठमाडौं । कैलाली क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको मतगणनामा काँग्रेसका उम्मेदवार एवं पूर्वमन्त्री मोहनसिंह राठौर कुनै समयमा आफ्ना सहयोगी (पिए) रहेका एमाले उम्मेदवार झपट रावलसँग प्रारम्भिक मतगणनामा पछि परेका छन् । 

हालै मात्र एमालेबाट काँग्रेस प्रवेश गरेर टिकट पाउनुभएका राठौरले ५४० मत पाउँदा एमाले उम्मेदवार रावलले राठौरलाई उछिन्दै एक हजार ७३ मत पाएका छन् । निर्वाचन क्षेत्र नं ३ को पछिल्लो मतगणनामा (माओवादी केन्द्र)का गौरीशंकर चौधरीले पाँच हजार १६३ मत ल्याउँदा काँग्रेसका रामजनम चौधरीले चार हजार हजार १७१ मतले उनलाई पछ्याइरहेका छन् । 

पूर्वमन्त्रीसमेत रहेका यी दुवै जनाबीच कडा टक्कर रहेको छ । यो निर्वाचन क्षेत्रको प्रदेशसभातर्फ दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । यस्तै, निर्वाचन क्षेत्र नं ४ मा माओवादी केन्द्रका लेखराज भट्टले १० हजार ३९३ मत ल्याउँदा नेपाली काँग्रेसका सुनीलकुमार भण्डारीले छ हजार ४४६ मत प्राप्त गरेका छन् । यो क्षेत्रका दुवै प्रदेशसभा सदस्य पदमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ