arrow

ललितपुर क्षेत्र नं १ मा सिलवाल विजयी

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
navaraj-silwal.jpg

ललितपुर । लितपुर क्षेत्र नं १ मा नेकपा (एमाले) का उम्मेदवार पूर्व प्रहरी महानिरिक्षक नवराज सिलवाल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

सिलवालले २६ हजार ९५१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार उदय शमशेर राणाले २० हजार ७२९ मत पाएका छन् । यस क्षेत्रमा जम्मा ५१ हजार २४९ मत खसेको थियो । 

त्यस्तै प्रदेश सभा तर्फ पनि यस क्षेत्रमा दुबै बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा क्षेत्र नं ३ (क) र ३ (ख) दुवैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

क्षेत्र ३ (क) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजकाजी महर्जन १४ हजार ६२४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार नवराज महतले १० हजार ११८ मत पाएका छन्। 

प्रदेशसभा क्षेत्र नं ३ (ख) मा ११ हजार ७०१ मत ल्याएर नेकपा (एमाले)का उम्मेदवार जीवन खड्का विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार शिवराम बानियाँले आठ हजार ६९१ मत ल्याएका छन् । 

जिल्लामा अहिलेसम्म प्रतिनिधिसभा क्षेत्र नं २ र ३ मा बाम गठबन्धनका उम्मेदवार विजयी भइसकेका छन् । प्रदेशसभा २ (क) र २ (ख) र १ (क) मा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन्। प्रदेशसभा १ (ख) को मतगणना अहिलेसम्म शुरु भएको छैन । 

प्रतिनिधिसभातर्फ, क्षेत्र नं १ मा नेकपा (एमाले)का नवराज सिलवालले २५ हजार ७३१ मतले अग्रता लिइरहेका छन् । नेपाली काँग्रेसका उम्मेदवार उदय शमशेर राणाले १९ हजार ८२६ मतले उनलाई पछ्यारहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ