arrow

खल्लो प्रतिनिधि सभा संसद् ! जहाँ भेटिने छैन 'दमन र विरोधको जोडी'

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
daman_birodh.png

काठमाडौं । २०४८ सालको निर्वाचन पछि तत्कालीन प्रतिनिधि सभामा सभामुख थिए दमननाथ ढुंगाना । त्यो बेलामा कमजोर स्थितीमा रहेको बेलामा एमालेको तर्फबाट खरो वक्ताका रुपमा थिए अहिले प्रतिनिधि सभामा मकवानपुर क्षेत्र नं २ बाट विजयी भएका विरोध खतिवडा । 

त्यतिबेलाका सा‌ंसद्हरु स‌ंसद्मा दमन र विरोधको जोडीको प्रस्तुतीले भरपुर मनाेरञ्जन लिन्थे । त्यतिबेलाका एकजना काँग्रेस सा‌ंसद् सम्झन्छन् 'दमन र विरोधको जोडी नभेटेको दिन त स‌ंसद्को बैठक नै खल्लो लाग्थ्यो ।' अब पनि दमन र विरोधको जोडी जोडिनै लागेको भएपनि अन्तमा आएर यो जोडीलार्इ जनताले छुटार्इदिएका छन् । 

त्यतिबेल जे सुकै प्रस्ताव संसदमा पेश गरेपनि विरोधको काम विरोध नै गर्ने हुन्थ्यो भने दमनको काम दमन जस्तै । उनले विरोधको विरोधलाई निर्णयार्थ पेश गरेर जे कुरा पनि बहुमतबाट पारित गर्नु पर्ने बनाईदिने भएकोले संसदमा विरोध र दमनको जोडीलाई महत्वपूर्ण मानिएको थियो । 

अहिले यही संयोग थियो कि दमन र विरोधको जोडी संसदमा देखियोस् । तर जनताले यो संयोगलाई त्यसै टारिदिए । देशभरी नै बाम गठबन्धनको लह चलिरहेको बेलामा विरोध बाम गठबन्धनबाट उम्मेदवार बनेका थिए र उनी प्रतिनिधि सभामा विजयी पनि भए । तर, दमनको संसद यात्रामा अवरोध भयो । दमन भक्तपुरमा एमाले उम्मेदवार महेश बस्नेत सँग पराजीत भएपछि उनीहरुको जोडी बीचैमा छुटेको हो । 

शनिबार मध्यरातमा प्राप्त विवरण अनुसार बस्नेतले कांग्रेसका दमननाथ ढुंगानालाई दोब्बर मतान्तरले हराउँदै प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । अन्तिम मतपरिणाम अनुसार एमालेका बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याउँदा कांग्रेसका दमननाथ ढुंगानाको १८ सय ६ सय ७५ मत आएको छ । 

उता खतिवडा आफ्ना निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिनालाई १२ हजार मतान्तरले पराजीत गरेका हुन् । विरोध खतिवडाको यो लगातार चौथो विजय हो । यसअघि २०४८, ५१ र ५६ को संसदीय निर्वाचनमा पनि विजयी भएका खतिवडाले  यसपटक ४४ हजार ७ सय ४४ मत पाए भने प्रमुख प्रतिस्पर्धी डिनाले ३२ हजार ६ सय ८५ मत पाएकी छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ