arrow

झलनाथ खनालको फराकिलो जित

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
jhalanath-khanel.jpeg

इलाम । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल पाँचौं पटक संसदमा पुगेका छन् । उनी प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नं १ बाट विजयी भएका छन् । खनालले नेपाली काँग्रेसका भूपेन्द्र कट्टेललाई हराए । 

खनालले ३६ हजार ८ सय ७ मत ल्याए ।  उनका निकटतम प्रतिष्पर्धी कट्टेलले १९ हजार ६ सय २७ मत ल्याएका छन् ।

पूर्व प्रधानमन्त्री खनालले आफू अझ बढी डटेर जिम्मेवारी निभाउन अग्रसर हुने प्रतिक्रिया दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ