arrow

उदयपुर १ मा काँग्रेसका नारायण खड्का फेरि अघी

logo
खेमराज दाहाल।
प्रकाशित २०७४ मंसिर २४ आइतबार
narayan-khadka.jpeg

उदयपुर। उदयपुरको क्षेत्र नम्बर १ मा सुरुदेखिनै रोचक प्रतिस्पर्धा भैरहेको छ । नेपाली काँग्रेसका नारायण खड्का र एमाले उम्मेदवार मन्जुकुमारी चौधरीबिच कडा प्रतिस्पर्धा देखिएको छ। 

कहिले नारायण खड्का र कहिले मन्जुकुमारी चौधरीले एकले अर्कालाई उछिन्ने क्रम जारी छ। 

पछिल्लो मत परिणाम अनुसार नारायण खड्का २ सय ३७ मतले अगाडि छन् । 

खड्काको १५ हजार २ सय ७० र चौधरीको १५ हजार ३३ मत छ । 

यसअघि तीन क्षेत्र रहेको उदयपुरमा खड्का र चौधरी एक एक क्षेत्रबाट विजयी भएका थिए।

यो चुनाव दुई निर्वतमान सांसदको प्रतिष्ठाको लडाइ भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ