arrow

पर्सामा शंकर र राजेश्वरले जोगाए काँग्रेसको शाख 

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
parsa-district1.png

पर्सा । पर्साको निर्वाचन क्षेत्र नं १ को क बाट संघीय समाजवादी फोरम नेपालका उम्मेदवार प्रदेशसभा सदस्यमा जनत अन्सारी विजयी भएका छन् । 

अन्सारीले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रामनारायण कुर्मीसँग एक हजार ४३२ मतको अन्तरले विजयी भएका हुन् । 

अन्सारीले आठ हजार ५९३ मत हासिल गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कुर्मीले सात हजार १६१ मत हासिल गरेको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए । 

त्यसैगरी पर्साको निर्वाचन क्षेत्र नं ४ को क बाट प्रदेशसभा सदस्य पदमा नेपाली काँग्रेसका उम्मेदवार शंकर चौधरी विजयी भएका छन् । 
चौधरीले आप्mना निकटतम प्रतिद्वन्द्वी एमालेका जयप्रकाश थारुलाई ४४८ मतको अन्तरले पराजित गर्नुभएको हो । 

अबेर राति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उम्मेदवार चौधरीले कूल सात हजार ४८८ मत हासिल गरे भने उनका निकटतम प्रतिद्वन्द्वी थारुले सात हजार ४० मत हासिल गरेको मुख्य निर्वाचन अधिकृत कर्णले जानकारी दिए । 

पर्साको निर्वाचन क्षेत्र नं २ को कबाट नेपाली काँग्रेसका राजेश्वरप्रसाद साह तेली विजयी भएका छन् ।  

आइतबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार १० हजार २५९ मत हासिल गरी तेली विजयी भएका हुन् । 

तेलीका निकटतम प्रतिद्वन्द्वी यादवले कूल १० हजार ७९ मत हासिल गरेको निर्वाचन अधिकृत कर्णले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ