arrow

दिपक कुँइकेलले यसरी कृतज्ञता जनाए मतदाताको

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
depak_kuikel.JPG

काठमाडौं। निर्वतमान सांसद तथा काठमाडौं क्षेत्र नम्वर २का सांसद पदका प्रत्यासी दिपक कुइकेललले मतदातालाई वक्तव्य निकाली कृतज्ञता जनाएका छन्। 

प्रेस बिज्ञप्ती 

समृद्ध नेपाल निर्माणको महाअभियानको रूपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागि हुनुहुने र सदभाव ब्यक्त गर्नुहुँने सम्पूर्ण मतदाताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । 

लामो राजनीतिक संक्रमणकाललाई अन्त्य गर्दै शान्तिप्रक्रिया सार्थक निश्कर्षमा पुर्याउने र लोकतन्त्रलाई बलियो बनाउने क्रममा हामी छौं । 

निर्वाचन लोकतन्त्रको आधार स्तम्भ हो । निर्वाचनको परिणामलाई सहजरुपमा लिनुपर्छ ।  काठमाडौ क्षेत्र नं –२ का जनताको माया–ममता र सदभाव रहँदारहँदै पनि निर्वाचनबाट आएको परिणामलाई सहजरूपमा लिएको छु । 

जितहार प्राविधिक विषय हुन । लोकतन्त्र जोगाउन जस्तोसुकै कठिन मोडमा पनि म कटिबद्ध छु । चुनावी अभियानका क्रममा आफूले उठाउँदै आएका स्थानीय  र राष्ट्रिय  मुद्दाहरू पुरा गराउँन म अविचलित रुपमा यहाँहरुसँगै रहनेछु । 

काठमाडौ  लगायत देश बासीको शिर कुनैपनि अवस्थामा झुक्न दिने छैन । काठमाडौको बिकास र उन्नतीमा बिगतमा जस्तै क्रियाशिल रहँदै यहाँहरुसँगै हातेमालो गरेर हिड्नेछु । 

नेपाली काँग्रेसका निम्ति तपाईहरूले दिनुभएको प्रत्येक मतको उच्च मूल्यांकन गर्दै अगाडि बढ्नेछु । मुलुकभरका आम  जनता को  सुख दुखमासँगै रहने प्रतिबद्धता पनि ब्यक्त गर्दछु । 

निर्वाचनको परिणामबाट कत्तिपनि बिचलित नहून देशभरका लोकतान्त्रिक पक्षधरहरु र शुभचिन्तकलाई आग्रह गर्दै निर्वाचन सम्पन्न गराउन सहयोग गर्नुहुने सूरक्षा निकाय,कर्मचारी, संचारकर्मी, उध्योग-ब्यवसायी लगायतलाई हार्दिक धन्यवाद दिन चाहन्छु । 

मेरो क्षेत्र लगायत समग्र स्थानमा निर्वाचित सांसदहरुमा  हार्दिक बधाई तथा शुभकामना। 

मुलुकको समृद्धि र लोकतन्त्र संस्थागतका लागि काठमाडौको बिकासमा अविचलित रुपमा यहाँहरुसँगै रहनेछु-  धन्यवाद । जय नेपाल ।

दीपक प्रसाद कुईकेल
काठमाडौं क्षेत्र न २ 

नेपाली काँग्रेस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ