arrow

सोल्टी होटल परिसरमा रहेको माजोङ क्यासिनोमा छापा, १९ नेपाली पक्राउ

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
casino.jpg.jpeg

काठमाडौं। नेपाली प्रवेश गराई जूवा खेलाएको सूचनाको आधारमा प्रहरीले सोल्टी होटल परिसरमा रहेको माजोङ क्यासिनोमा छापा मारेको छ।

छापा मार्ने क्रममा प्रहरीले २३ जना पक्राउ गरेको छ । जसमध्ये १९ नेपाली, एक स्वीडिस र ३भारतीय रहेका छन्।

क्यासिनो सञ्चालकले कालिमाटीस्थित प्रहरी वृत्तलाई मिलाएर नेपाली प्रवेश गराएको सूचनाका आधारमा प्रहरी परिसर टेकुले छापा मारेको थियो। 

छापा गर्ने क्रममा नेपालीहरु भेटिएपछि क्यासिनो सञ्चालकलाई कार्वाहीको प्रक्रिया अगाडी बढाउने प्रहीको तयारी छ। 

साथै कालिमाटी वृत्तको प्रहरीको शंकास्पद भुमिकालाई लिएर पनि कार्वाही हुने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ