arrow

अन्ततः हारे विश्वप्रकाश, तर संस्कार छोडेनन्, पहिल्यै दिए कार्कीलाई बधाइ

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
bishwaprakash-surendra-karki.jpg

झापा । नेपाली काँग्रेसका युवा नेता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका छन् । 

उनी झापाको क्षेत्र नं १ मा पराजित भएका हुन् । उनलाई माओवादी केन्द्रका नेता तथा पूर्व संचारमन्त्री सुरेन्द्रकुमार कार्की उर्फ राम कार्कीले हराएका हुन् । 

कार्कीले ३६ हजार १ सय ७३ मत ल्याए भने शर्माले ३३ हजार ३ सय १० मत ल्याउन सके । 

त्यसैगरी मंगोल नेशनल अर्गनाइजेशनका सन्तोष तामाङ्गले १ हजार ३ सय ८९ मत ल्याए । 

आफ्नो हार हुने निश्चित भएपछि शर्माले पछिल्ला केही हजार मत गन्नुपूर्व नै हार स्वीकार गर्दै कार्कीलाई सार्वजनिक स्थलमै फूलमाला लगाएर बधाइ दिएका थिए । 

यो संगै शर्माले नेपाली काँग्रेसमा संस्कार रहेको त स्पष्ट पारेका छन् नै हारेपछि मुख फर्काउने र प्रतिद्धन्द्धी नै ठान्ने कम्युनिष्ट राजनीतिक परम्परालाईसमेत सांकेतिक रुपले प्रहार गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ