arrow

रामेछापमा वामगठबन्धन विजयी

logo
वद्री नयाँघरे,
प्रकाशित २०७४ मंसिर २४ आइतबार
Ramechhap-hamrakura.jpg.jpeg

रामेछाप । एक प्रतिनिधिसभा र दुई प्रदेशसभाका लागि रामेछापमा भएको निर्वाचनमा तीनवटै सिटमा वामगठबन्धनका उम्मेद्वारहरु विजयी भएका  छन् । प्रतिनिधिसभामा वामगठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिब्यूरो सदस्य एवं विना विभागिय राज्य मन्त्री श्यामकुमार श्रेष्ठ विजयी भएका छन् भने प्रदेशसभा ‘क’ मा नेकपा एमालेका शान्तिप्रसाद पौडेल र प्रदेशसभा ‘ख’मा एमालेकै कैलाशप्रसाद ढुङ्गेल विजयी भएका हुन् । 

प्रतिनिधिसभा सदस्य तर्फ  श्याकुमार श्रेष्ठले प्रतिस्पर्धी पूर्णबहादुर तामाङलाई ६ हजार ३ सय ४६ मतले पछि पार्दै ४२ हजार १ सय ७७ मत प्राप्त गरि विजयी भएका थिए भने उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका पूर्णबहादुर तामाङले ३५  हजार ७ सय ७१ मत पाएका छन् ।

प्रदेशसभामा प्रदेश ‘क’ मा एमालेका जिल्ला अध्यक्ष समेत रहेका शान्तिप्रसाद पौडेल २२ हजार ३ सय ६९ मत ल्याएर विजयी भएका छन् भने उनको निकटतम प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार रत्नबहादुर कार्कीले १६ हजार १ सय ५८ मत पाएका छन् । पौडेलले कार्कीलाई ६ हजार २ सय ११ मतको अन्तरले पराजित गरेका छन् । 

त्यसैगरी प्रदेशसभा ‘ख’ एमालेका कैलाशप्रसाद ढुङ्गेल २६ हजार ९ सय ३५ मत प्राप्त गरी विजयी भएका छन् । यहाँको प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उम्मेदवार जितबहादुर थापामगरले १४ हजार ७ सय २९ मत पाएका छन् । ढुङ्गेलले कांग्रेसका उम्मेदवार थापामगरलाई १२ हजार २ सय ६ मतान्तरले पराजित पराजित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

कुल मत मध्य रामेछापमा ८९ हजार ६ सय ७७ मत खसेको थियो भने खसेको मतमा करिव ५ हजार ७ सय ४३ मत वदर भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ