arrow

वाम गठबन्धनका सुत्रधार बामदेवलाई ढाल्याे परिवारवादले, सिंचाइमन्त्री गौतमको जित

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
bamdev.JPG

बर्दिया । वामगठबन्धनका एक सुत्रधार वामदेव गौतम पराजित भएका छन्। बामदेव काँग्रेसका उम्‍मेदवार संजय गौतमसँग हारेका हुन् । उनले ७ सय ७५ मत अन्तरले हारे । बामदेवले ४४ हजार ७६ मत ल्याए भने सञ्जयले ४४ हजार ८ सय २९ मत प्राप्त गरी विजयी भए ।

वादेवले केही दिनअघि आफु नै प्रधानमन्त्री हुने र वाम गठबन्धनबाट आफुमात्रै प्रधानमन्त्रीको योग्य उम्मेदवार भएको बताएका थिए । उनले आफुले नै वाम गठबन्धन गराउन लगाएको जिकिर पनि गरेका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सजिलै फकाउन सक्ने गौतमले केपी ओलीको सरकारबाट बाहिरिन खोजेको केही घण्टामै माओवादी अध्यक्ष दाहाललाई फिर्ता गरेका थिए ।

सुरुमा अग्रता लिएका एमाले उपाध्यक्ष गौतम सविक बर्दिया २ बाट सोचे अनुरुप मत नआउँदा पराजित भए । सिंचाईमन्त्री समेत रहेका गौतमले एमाले उपाध्यक्ष गौतमलाई २०७०मा निर्वाचित पछि बर्दिया छोडेको, विगत २५ वर्ष देखि पट–पटक जितेर मन्त्री बन्दा खासै काम नगरेको र राजनीतिमा परिवारवाद स्थापित गर्न खोजेको भन्दै चुनावी सभाहरुमा प्रहार गरेका थिए ।

एमाले उपाध्यक्ष गौतमले श्रीमतीलाई प्रतिनिधिसभा समानुपातिक उम्मेदवार बनाएपछि एमालेकै असन्तुष्टहरुले सहयोग गर्दा सिंचाइ मन्त्री गौतमलाई सहज भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ