arrow

हृदयेशले कलवारसँग लिए बदला, छाता छोड्दा सूर्यले पुर्‍यायो संसद

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
Hridesh-tripathi.jpeg

काठमाडौं । नवलपरासी पश्चिम १ बाट हृदयेश त्रिपाठी विजयी भएका छन् । राजपाको बरिष्ठ उपाध्यक्ष रहेकै बेला विद्रोह गरेर वाम गठबन्धनसँग तालमेल गरेर सूर्य चिन्हबाट चुनाव लडेका त्रिपाठीले कांग्रेसका देवकरण कलवारलाई हराए ।

उनले ३८ हजार पाँच सय ९२ मत प्राप्त गरे भने कांग्रेसका देवकरण कलवारले ३३ हजार पाँच सय ९१ मत ल्याए । उनले एमालेसँग सहमति नै गरेका थिए । उनकै समूहमा आएका बृजेश कुमार गुप्तले पनि चुनाव जितेका छन् ।

२०४८ सालदेखि निरन्तर निर्वाचित हुदै आएका त्रिपाठी २०७० को संविधानसभा निर्वाचनमा नवलपरासीबाटै पराजित भएका थिए । त्यतिबेला उनी नवलपरासी क्षेत्र नम्बर ६ बाट काँग्रेसकै देवकरण प्रसाद कलवारसँग झण्डै ६ हजार मत अन्तरले पराजित भएका थिए । अहिले पनि कलवारले उनलाई कडा टक्कर दिए ।  त्रिपाठीले वाम गठबन्धनको सहयोगमा अहिले कलवारसँग बदला लिएका छन् ।

२०७० को संविधान सभा निर्वाचनमा कलवारले १४ हजार ५ सय ८० मत ल्याएर विजयी भए भने त्रिपाठीले ८ हजार ४ सय २४ मत प्राप्त गरे ।

२०४८ सालदेखि यता भएका पाँच वटा निर्वाचनमा निरन्तर निर्वाचित भएका नेता मध्येमा काँग्रेस सभापति शेरबहादुर देउवा अपराजित छन् भने, बरिष्ठ नेता रामचन्द्र पौडेलको यात्रामा पूर्णविराम लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ