arrow

फिफाको चिठीले एन्फाको चुनाव सार्‍याे, अब कहिले ?

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
ANFA-NEW-bhaWn.jpeg

काठमाडौं । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले चुनाव सार्ने चिठी सदर गरेपछि अखिल नेपाल फुटबल संघ एन्फाको साधारणसभा अब चैतमा हुने पक्का भएको छ ।

यसअघि माघ ११ का लागि एन्फाको चुनाव तय गरिएको थियो । तर, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका कारण एन्फाको नेतृत्व चयन पूर्वनिर्धारित समयमा गर्न नसकिने भन्दै एन्फाले एएफसी र फिफालाई चिठी लेखेको थियो ।

जवाफमा फिफाले एन्फालाई चिठी लेखेको थियो ।एन्फा कार्यकारी समितिको आइतबार बसेको बैठकले फिफाले चुनाव सार्ने अनुमति दिएको र अब चैत १४ गते एन्फा केन्द्रीय कार्यसमितिको नेतृत्वचयनको साधारण सभा गर्ने निर्णय गरेको हो । जिल्ला फुटबल संघहरुको निर्वाचन आउँदो २०७४ पौष ५ गते देखि माग ५ गते सम्म गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले जिल्ला फुटबल संघको निर्वाचन गराउनका लागि निर्वाचन निर्देशिका पारित समेत गरेको छ । संघमातहत रहेका विभिन्न सदस्य समितिहरु फुटबल खेलाडी संघ, फुटबल प्रशिक्षक संघ, फुटबल निर्णायक संघ र महिला संघहरुको पनि चाँडै निर्वाचन निर्देशिका तयार गरी निर्वाचन समेत गराउने निर्णय गरिएको एन्फाले जनाएको छ । बैठकले फिफा फरवार्ड कार्यक्रम अन्तर्गत सन् २०१६–२०१८ को समयमा विभिन्न ६ वटा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

६ कार्यक्रम
१) लिग संचानल (ए, बी र सी डिभिजनका लिग संचालन तथा आयोजना गर्ने) ।

२) ३ वटा टेक्नीकल सेन्टरहरुको स्तरोन्नती तथा साधारण मर्मत सम्भार तथा संचालन गर्ने ।

३) संघअन्तर्गत रहेका ४५ जिल्लाहरुमा ग्रासरुट कार्यक्रम संचालन गर्ने ।

४) संघ अन्तर्गत रहेका ४५ जिल्लाहरुमा ग्रासरुट कार्यक्रम संचालन गर्न खेल सामग्रीहरु सहयोग गर्ने ।

५) एन्फामा सुबिधा सम्पन्न आधुनिक फिजियोथेरापिको समान जडान तथा सुबिधा सम्पन्न एम्बुलेन्स खरिद गर्ने ।

६) एन्फा कम्प्लेक्स, कार्यालय भवन, सुबिधा सम्पन्न अडोटरीयम हल निर्माण, एन्फा होस्टेल तथा ३ वटा एन्फा  टेक्निकल सेन्टरमा मर्मत सम्भार तथा रंगरोगन गर्ने ।

यस्तै, मध्य तथा सुदूरपश्चिमाञ्चलको फुटबल खेल विकास गर्न त्यस क्षेत्रको ७ विभिन्न जिल्लाहरुमा विशेष ग्रहायता प्रदान गरी ग्रासरुट तथा विशेष प्याकेजको सम्भाव्यताको अध्ययन गरी कार्यक्रम संचालन गर्ने निर्णय भएको एन्फाका प्रमुख कार्यकारी इन्द्रमान तुलाधरले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ