arrow

प्रिमियर लिग : आर्सनललाई फेरि घाटा

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
aarsanal.JPG

एजेन्सी । इङ्गलिश प्रिमियर लिगमा आर्सनललाई फेरि घाटा लागेको छ । साउथह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा १–१ को बराबरीमा रोकिएपछि आर्सनललाई घाटा लागेको हो ।

खेलको सुरुवाती ३ मिनेटमै साउथह्याम्पटनका चार्ली आस्टिनले गोल गर्दै अग्रता दिलाए । निकै दबाबमा परेको आर्सनलका लागि ८८औँ मिनेटमा ओलिभर जिरुले एक गोल फर्काए । पछि दुवै टोलीबाट गोल हुन सकेन ।  

पाँचौ स्थानमा रहेको आर्सनललाई दुई अंक घाटा लागेको छ । १६ खेलबाट पाँचौ स्थानमा रहेको आर्सनलको २९ अंक भएको छ ।

यस्तै, राति सवा १० बजे हुने म्यान्चेस्टर डर्बी रोचक हुने अनुमान गरिएको छ । ओल्ड ट्राफोडमा हुने खेललाई फुटबल समर्थकले निकै चासोका साथ हेरेका छन् 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ