arrow

उदयपुरमा प्रदेशसभा (ख)को २ मा काँग्रेस र १(क) मा वाम गठबन्धन विजयी

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
Udayapur_map_local.jpeg

गाईघाट, उदयपुर । उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (ख)को २ मा नेपाली काँग्रेसका हिमाल कार्कीले १६ हजार ७९२ मत प्राप्त गरेर विजयी भएका छन्। उनका प्रतिद्वन्द्व वाम गठबन्धनका रामबहादुर थापाले १५ हजार १९४ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । आइतबार साँझ भर्खरैको अन्तिम मतगणनाको परिणाममा कार्की विजयी भएका हुन् । 

यस्तै निर्वाचन क्षेत्र नं २ को साँझ सम्मको मत परिणामअनुसार प्रतिनिधिसभाको उम्मेदवारमा वाम गठबन्धनका मञ्जुकुमारी चौधरीले १९ हजार मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकाका डा नारायण खड्काले १८ हजार ९५७ मत प्राप्त गरेका छन् । निर्वाचन क्षेत्र नं १ कै प्रदेशसभा (क) १ मा वाम गठबन्धनका बिमल कार्कीले १६ हजार ४५४ मत प्राप्त गरेर विजय उन्मुखतर्फ पुगेका छन् भने नेकाका बिदुरबाबु बस्नेतले १४ हजार ७२१ मत प्राप्त गरेको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । 

निर्वाचन क्षेत्र नं २ मा भने वाम गठबन्धनका सबै उम्मेदवार विजयी भइसकेका छन् । अहिलेसम्मको परिणाम हेर्दा नेपाली काँग्रेसले निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा २ मा विजय हासिल गरेको छ भने प्रतिनिधिसभाका लागि पनि नेपाली काँग्रेसका डा नारायण खड्का र वाम गठबन्धनको मञ्जुकुमारी चौधरीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । 

निर्वाचन क्षेत्र नं १ मा झण्डै आठ हजार मतगणना गर्न बाँकी रहेको र आज रातको १२ बजे सम्ममा सबै परिणाम आउने पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । हालसम्म झण्डै चार हजार मतसमेत रद्द भएको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । यसैगरी निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (क) १ मा वाम गठबन्धनका बिमल कार्कीले १७ हजार ५०१ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकाका बिदुरबाबु बस्नेतले १५ हजार ८४४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । 

यस्तै निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभाको मात्र निर्वाचनको परिणाम घोषणा हुन बाँकी रहेको छ । अहिलेसम्मको मत परिणामअनुसार उदयपुर क्षेत्र नं १ को प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार मञ्जुकुमारी चौधरीले २४ हजार ८७ मत प्राप्त गरेकी छन् भने नेकाका डा नारायण खड्काले २३ हजार ८०६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ