arrow

बाम गठबन्धनले रोक्न सकेन काँग्रेस महामन्त्री शशांकको स‌ंसद् यात्रा 

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
Sashanka-koirala.jpg.jpeg

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला प्रतिनिधि सभा सदस्य निर्वाचनमा नवलपरासी पूर्वबाट विजयी भएका छन् । सोमबार विहान आएको प्रारम्भिक अन्तिम मतपरिणाममा आफ्ना प्रतिस्पर्धीलाई ४५ सय मत भन्दा बढी मतान्तरले पराजय गर्दै उनी विजयी भएका हुन् । 

उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भविश्वर पराजुलीलाई ४५ सय २७ मतान्तरले विजयी गराएका हुन् । विजयी हुने काँग्रेस नेता कोइरालाको ३७ हजार ३ सय ७३ मत प्राप्त गर्दा पराजुलीले ३२ हजार ८ सय ४६ मत प्राप्त गरे । नयाँ स्रविधान अनुसार मुलुकलाई प्रदेश संरचनामा लैजाँदा दुईभागमा टुक्रिएको नवलपरासीको पूर्व तर्फ १ नम्बर क्षेत्रबाट उनी उम्मेदवार बनेका थिए । उनी बाम गठबन्धनका बाबजुत पनि भारी मतान्तरले चुनावमा विजयी भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ