arrow

एमालेका नेतालाई प्रधानमन्त्री ओलीले दिए रात्रीभोज; मन्त्री चयन अनिर्णीत

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1184207710.jpeg
काठमाडौँ। प्रमुख सत्तारुढ दल नेकपा (एमाले) को स्थायी कमिटीको आजको बैठकमा मुलुकमा उत्पन्न पेट्रोलियम पदार्थको अभाव, सरकार विस्तारलगायत समसामयिक विषयमा छलफल भए पनि ठोस निर्णय भएन । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको बैठकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको भारत भ्रमण, सीमामा भइरहेको अघोषित नाकाबन्दी खुलाउने उपाय, पार्टीका तर्फबाट थप मन्त्री चयनबारे छलफल भएको थियो । 
 
एमालेका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बैठकमा ठोस निर्णय नभए पनि आपसी छलफल भने गरिएको बताउनुभयो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीका नेताका लागि रात्रिभोजसहित सो बैठक आयोजना गर्नुभएको थियो । 
 
सत्तारुढ दलका एमाओवादीका तर्फबाट सरकारमा मन्त्रीहरु सहभागि गराइसकेपनि एमालेका नेताहरुको नाम टुङगो लाग्न नसक्दा मन्त्री बनाउनेहरुको नाम अझै पार्टीमा सर्वसम्मत हुन सकेको छैन।  
 
एमाले स्थायी समितिको बैठकमा अधिकाँस सदस्यहरुले आपूर्ति ब्यबस्थाका लागि चीन सरकारलाई औपचारिक पत्राचार गर्न, उच्चस्तरीय सरकारी टोलि चीन पठाउन र आपुर्तिका लागि निजीक्षेत्रलाई पनि अनुमति दिन, तराइ मधेसलाई केन्द्रित गरेर सामाजिक तथा आर्थिक सुधारका कार्यक्रम घोषणा गरी कार्यन्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरेको एमाले प्रचार  विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ