arrow

प्रचण्ड बुहारी बिना मगरको फराकिलो जित 

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
bina-magar.jpeg

कञ्चनपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगर प्रतिनिधिसभा सदस्य बन्न सफल भएकी छिन् । 

हालैमात्र पति प्रकाश दाहालको निधन भएको पीडालाई शक्तिमा बदल्दै बिना कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी हुन् ।

उनले ३८ हजार ४ सय ६७ मत पाएकी छिन् ।

बिनाका प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत पाए ।

मगरले १९ हजार २ सय ४८ मतान्तरले विजय पाएकी हुन् ।

उता, बिनाका ससुरा प्रचण्ड पनि चितवन ३ बाट जित नजिक पुगेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ