arrow

कञ्चनपुरमा धामीको जादू, साउँद निराश

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
np-saud.jpg

भीमदत्तनगर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार तथा नेकपा एमालेका नरबहादुर धामी निर्वाचित भएका छन् । 

आइतबार राति सम्पन्न मतगणनाअनुसार निर्वाचित उम्मेदवार धामीले ३३ हजार २२० मत प्राप्त गरी नेपाली काँग्रेसका उम्मेदवार नारायणप्रकाश (एनपी) साउँदलाई पराजित गरे । 

काँग्रेस उम्मेदवार साउँदले २४ हजार ८९३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यसअघि आइतबार उक्त क्षेत्रको प्रदेशसभा सदस्यमा वाम गठबन्धनकै उम्मेदवार महेशदत्त जोशी र लालबहादुर खड्का निर्वाचित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ