arrow

उदयपुरबाट डा नारायण खड्काको रोमाञ्चक जित

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
narayan-khadka.jpg

उदयपुर । नेपाली काँग्रेसका नेता डा नारायण खड्काले प्रतिनिधि सभा सदस्यमा जित हासिल गरेका छन् । 

खड्का उदयपुर क्षेत्र नं १ बाट विजयी भएका हुन् । 

निकै प्रतिस्पर्धात्मक गणनामा अन्तिम समयमा खड्काले बाजी मारेका हुन् । 

खड्काको ३३१४२ मत रह्यो भने उनका निकटतम प्रतिस्पर्धी कम्युनिष्ट गठबन्धनकी एमाले उम्मेदवार मन्जुकुमारी चौधरीले ३२५९४ मत ल्याइन् । 

डा खड्काले ५४८ मतअन्तरले जित हासिल गरेका हुन् । 

अघिल्लो संसदमा दुवैं संसद रहेका खड्का र चौधरी क्षेत्र निर्धारणका क्रममा उदयपुर दुई क्षेत्रमा समिति हुँदा दुबै जना एकै क्षेत्रबाट उमेद्वार भएका थिए। 

खड्का नेपाली काँग्रेसमा बौद्धिक नेताको रुपमा चिनिन्छन। साथै जिल्लाको विकास निर्माणको सन्दर्भमा उनलाई सबै पार्टीले सम्झिने गर्दछ। 

अन्तराष्ट्रिय सम्वन्धलाई समेत जिल्लाको विकास निर्माणसँग जोड्ने क्षमता राख्ने कारणले पनि उनलाई मतदाताले मन पराएका स्थानियहरु बताउँछन्। 

सबैतिर कम्युनिष्ट गठवन्धन हुँदा पनि उदयपुरमा उनले निकालेको योजीतलाई महत्वपूर्ण मानिएको छ। साथै काँग्रेसलाई राहत मिलेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ