arrow

म्यानचेस्टर डर्बीमा चुक्यो युनाइटेड, सिटी उपाधि यात्रामा 

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
manutd-city.jpg

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलको म्यानचेस्टर डर्बीमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई हराएको छ । सिटीले युनाइटेडलाई उसकै घरेलु मैदानमा २–१ ले हराएको हो ।

आइतबार राति युनाइटेडको ओल्ड ट्राफोर्डमा भएको खेलमा सिटीलाई विजयी गराउन डेभिड सिल्भा र निकोलस ओटामेण्डीले एक–एक गोल गरे ।

युनाइटेडका मार्कस रास्फोर्डले एक गोल गरेका थिए । जितसँगै सिटीले तालिकाको शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको छ ।

यो खेलपछि सिटीको उपाधि यात्रा पनि बलियो भएको छ । 

१६ खेलबाट ४६ अंकसहित सिटी शीर्ष स्थानमा छ भने ३५ अंकको युनाइटेड दोस्रो स्थानमा छ । त्यसैगरी ३२ अंकबाट चेल्सी तेस्रो स्थानमा छ ।

Leroy Sane shared a picture of the Manchester City players celebrating in the changing room

 

Nicolas Otamendi was the hero as his acrobatic effort from close range sealed a 14th victory in a row for Manchester City



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ