arrow

जित्यो नेमकिपाले पनि 

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
nemakipa.jpg

नगरकोट । भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘क’ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका हरिशरण लामिछाने विजयी भएका छन् । उनी १२ हजार ७८९ मत प्राप्त गरी विजयी भएका छन् ।  

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीवन खत्रीले नौ हजार ९७४ मत प्राप्त गरेका छन् । 

त्यस्तै, सात हजार १९ मत ल्याएर नेमकिपाका नीरज लवजू तेस्रो स्थानमा रहे । 

यस प्रदेशमा कूल ३८ हजार ९७६ मतदाता थिए जसमध्ये २९ हजार ३३१ मत खसेको थियो । 

भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘ख’ मा भने नेमकिपाका उम्मेदवार सुरेन्द्रराज गोसार्इं भारी मतले विजयी भएका छन् । 

गोसाईं २३ हजार ८८६ मत ल्याई विजयी भएका हुन् । 

वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार रोमन शिलाकार आठ हजार ६८ मत प्राप्त गरी दोस्रो स्थानमा रहे भने काँग्रेसका उम्मेदवार अनिल भुजू पाँच हजार ४४३ मतका साथ तेस्रो स्थानमा रहे ।  

यस प्रदेशमा ५५ हजार १८८ मतदाता रहेका थिए । भक्तपुरका चार प्रदेशमध्ये यस प्रदेशमा जिल्लामै सबैभन्दा बढी मत खसेको थियो । 

यहाँ ७७।३१ प्रतिशत अर्थात् ४२ हजार ६६५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

त्यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले आफ्ना प्रतिद्वन्द्वीको तुलनामा १० हजारभन्दा बढी मत प्राप्त गरी अग्रता लिइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ