arrow

गोरखापत्र संस्थानको महाप्रवन्धकमा उपाध्याय नियुक्त

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
basanta-prakash-upadhaya1.jpg

काठमाडौ ।  सरकारले गोरखापत्र संस्थानको महाप्रवन्धकमा वसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरेको छ । सोमवार बसेको मन्त्री परिषदको बैठकले उपाध्यायलाई ४ बर्षका लागि  महाप्रवन्धकमा नियुक्त गरेको हो ।

संचार मन्त्रालयले महाप्रवन्धक नियुक्ति प्रक्रियाको कार्यविधि वनाएर भदौबाट नियुक्ति प्रक्रिया आरम्भ गरेको थियो । आवेदनकर्ताहरु मध्येबाट उनिहरुको कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता मार्फत छनौट भएका ३ प्रतिस्पर्धी मध्ये उपाध्यायलाई सरकारले नियुक्त गरेको हो । संचार मन्त्री मोहन बहादुर बस्नेतले विभागिय मन्त्रीका हैसियमा उपाध्यायलाई महाप्रवन्धक बनाउने प्रस्ताव मन्त्रीपरिषदमा प्रस्तुत गरेका थिए ।  

२६ बर्ष देखि गोरखापत्र संस्थानमा क्रियाशील उपाध्याय हाल गोरखापत्र दैनिकका कार्यकारी सम्पादक छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ